इगंलिश प्रिमियर लिगमा म्यानचेस्टरकाे जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

इगंलिश प्रिमियर लिगमा म्यानचेस्टरकाे जित

एजेन्सी, ३१ चैत । इगंलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा पहिलो हाफमा एक गोलले पछि रहेको युनाइटेडले दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु टोली टोटेनह्याम हट्स्परमाथि ३–१ गोलअन्तरले जित निकालेको हो ।

खेलको ४० औं मिनेटमा लुकास मौराको पासमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा टोटेनह्याम एक गोलले अघि रह्यो तर दोस्रो हाफमा युनाइटेडका फ्रेडले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । उनले ५७ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै एडिन्सन् काभानीले ७९ मिनेटमा म्यासन ग्रिनउडको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यस्तै अतिरिक्त समयमा ग्रिनउडले नै पउल पोग्बाको पासमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाएको छ । सिटी ३२ खेलबाट ७४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ भने युनाइटेड ३१ खेलबाट ६३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै पराजय ब्यहोरेको टोटेनह्याम ३१ खेलबाट ४९ अंक जोड्दै तालिकको सातौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);