गलोनी बनिन् रोयटर्सको १७० वर्षको इतिहासमा पहिलो महिला प्रधान सम्पादक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गलोनी बनिन् रोयटर्सको १७० वर्षको इतिहासमा पहिलो महिला प्रधान सम्पादक

एजेन्सी, ३१ चैत । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक सय ७० वर्षको इतिहासमा पहिलो पटक प्रधान सम्पादकका रुपमा महिला चयन भएकी छन् ।

इटालीको रोमकी ४७ वर्षीय अलेसान्द्रा गलोनी रोयटर्सको इतिहासमा पहिलो महिला प्रधान सम्पादक बनेकी छन् । विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादकहरु मध्येबाट सोमबार गलोनीलाई प्रधान सम्पादकमा चयन गरेको हो ।

हालका प्रधान सम्पादक स्टीफन जे एड्लरले यही अप्रिल महिना मै अवकाश लिने भएपछि गलोनीलाई चयन गरिएको हो । एड्लरले विगत एक दशकदेखि रोयटर्समा प्रधान सम्पादकको भूमिकामा रहँदै आएका छन् ।

उनको नेतृत्वमा रोयटर्सले पत्रकारिका क्षेत्रका सयौँ अवार्डहरु हात पारेका छन् भने विश्व प्रसिद्ध पुलित्जर पुरस्कार नै सात वटा हासिल गरेको छ ।

लण्डनमा रहेर काम गरिरहेकी गलोनीले आउने सोमबार पदभार ग्रहण गरी लण्डनबाटै कार्य सम्पादन गर्ने छिन् ।

चार भाषामा पोख्त गलोनीले पत्रकारका रुपमा व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ्ग गरेकी हुन्। आफ्नो करियरको सुरवाती दिनमा रोयटर्समा इटालीयन भाषामा समाचार लेखनमा लागेकी उनले द वाल स्ट्रिट जर्नलमा पनि सम्पादकको जिम्मेवारी सम्हालिसकेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);