भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

एजेन्सी, ३१ चैत । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पुष्टि भएका एक लाख ६१ हजार ७ सय ३६ सँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ३६ लाख ८९ हजार ४ सय ५३ पुगेको छ ।

यो पनि पढ्नुहोस् :

भारतमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै
इंग्ल्याण्डमा कोरोनाका कारण लामो समयदेखि लगाइएको लकडाउन खुकुलो बन्दै
अमेरिकामा कोरोनाविरुद्धको खोप लिनेको संख्या ११ करोड ७१ लाख बढी
भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या डेढ लाख नाघ्यो

जसमध्ये एक करोड २२ लाख ५२ हजार ६ सय ९७ जना संक्रमणमुक्त भईसकेका छन् भने सक्रिय संक्रमित १२ लाख ६४ हजार ६ सय ९८ रहेका छन् ।

पछिल्लो २४ घण्टा भारतमा आठ सय ७९ जनाको मृत्य भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ७१ हजार ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमण दर उच्च भएसँगै रसियामा बनेको कोरोनाविरुद्धको खोप स्पुतनिक भी ले भारतमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । रसियन खोप स्पुतनिक भीको प्रयोगको लागि भारतमा सोमबारबाट अनुमति दिइएको हो ।

भारतमा प्रयोगको लागि अनुमति पाउने यो तेस्रो खोप हो । यसअघि भारतमा कोभिसिल्ड र कोभ्याक्स नामक दुई खोपहरु लगाइँदै आएको छ ।

हालसम्म भारतमा १० करोड ८५ लाख ३३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);