नयाँ रोगको उत्पत्ति रोक्न जंगली जीवजन्तुको बेचबिखन रोक्न विश्व स्वास्थ्य संगठनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ रोगको उत्पत्ति रोक्न जंगली जीवजन्तुको बेचबिखन रोक्न विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी, ३१ चैत । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न आग्रह गरेको छ । डब्लुएचओले जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने भन्दै यस्तो आग्रह गरेको हो ।

ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि अब विकल्प खोज्नु पर्ने डब्लुएचओको ठहर छ । चीनको वुहानमा भेटिएको कोरोना संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुआती दिनमा भेटिएका संक्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित आउजाउ गर्नेहरु नै रहेको जनाएको छ ।

डब्लुएचओले विश्व जीव स्वास्थ्य संगठन ओआइइ र राष्ट्रसंघीय वातावरण कार्यक्रम युनेपको सहकार्यमा यस्तो ठहर गरेको हो । डब्लुएचओले जीवित जंगली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । जीवित स्तनपायी जनावरलाई खाद्य बजारहरु खासगरी माछामासुको किनबेच हुने बजारमा नराख्न सदस्य मुलुकलाई आग्रह गरिएको डब्लुएचओले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);