नेपाल कोरोनाको अति उच्चबाट उच्च जोखिममा झर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाल कोरोनाको अति उच्चबाट उच्च जोखिममा झर्‍यो

WHO warns

काठमाडौं, १३ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झारेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाका कारण डब्लुएचओले नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जनाएको छ ।

नेपालले लकडाउन तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);