युरोपेली देशमा कोरोना भाइरसको नयाँ लहर सुरुहुनसक्ने विश्व स्वास्थ्य संगठनको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरोपेली देशमा कोरोना भाइरसको नयाँ लहर सुरुहुनसक्ने विश्व स्वास्थ्य संगठनको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली देशहरूमा कोरोना भाइरसको नयाँ लहर सुरुहुनसक्ने भन्दै सचेत गराएको छ । युरोपमा कोरोना संक्रमितहरुको संख्या फेरी बढ्न थालेको भन्दै डब्लुएचओले नयाँ लहर सुरुहुनसक्ने भन्दै सचेत गराएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले युरोपमा झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि बृद्धि भएको र यसबाट युरोपमा अर्को चरणको महामारी फेरि सुरु हुनसक्ने भन्दै तर्फ चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

डब्लुएचओका युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले दिएको जानकारी अनुसार पछिल्लो समय युरोपमा १० प्रतिशतको दरले संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । युरोपेली मुलुकमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग अझै कडाइका साथ लागू गर्नुपर्ने डब्लुएचओको सुझाव छ । युरोपेली देशहरुमा अहिलेसम्म औसतमा २४ प्रतिशतले खोप लगाएको तथ्यांक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);