फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित

एजेन्सी । फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या  दिनहुँ बढेको हो । पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।

फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् । क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण युरोपमा कोभिड तीव्र फैलिएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले चेतावनी दिएका छन् । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिने फ्रान्सेली अस्पताल महासंघले जनाएको छ । 

सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । फ्रान्समा अहिलेसम्म दुई करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);