कोरोना भाइरस : फ्रान्स र स्पेनद्वारा आपतकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरस : फ्रान्स र स्पेनद्वारा आपतकाल घोषणा

france

काठमाडौं, २ चैत । युरोपका सबैभन्दा ठूला मुलुकहरू फ्रान्स र स्पेनले कोरोनाभाइरसको फैलावट रोक्न आपतकालीन प्रतिबन्धको घोषणा गरेका छन् ।

६ करोड ३५ लाख जनसंख्या रहेको फ्रान्समा अत्यावश्यक बाहेकका सबै सार्वजनिक स्थल बन्द गर्न आदेश दिइएको छ । विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले फ्रान्समा कोरोना संक्रमितको संख्या बढिरहेको र जनताले सूचनाहरु बेवास्ता गरिरहेको बताएका छन् । उनले आवतजावत कम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

फ्रान्समा कोरोना संक्रमितको संंख्या ४ हजार ५ सय पुगेको छ भने ७९ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै ४ करोड ६७ लाख जनसंख्या रहेको स्पेनले पनि आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । इटाली पछि स्पेन युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजार ४६ जना संक्रमित रहेका छन् । इटालीमा कोरोना भाइरसका कारण १ हजार ४ सय ४० जनाको मृत्यु भएको छ भने देश लाइनै क्वारेन्टाइनको अवस्थामा राखिएको छ । यता जर्मनीमा कोरोनाका कारण आठ जनाको मृत्यु र ३ हजार ७सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ ।

त्यसैगरी बेलायतमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । वैज्ञानिकहरूले सरकारलाई पत्र लेखेर कोरोना नियन्त्रणका लागि थप कडा उपायहरू लागू गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको बताइसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सक्रमण विश्वका १ सय २३ मुलुकमा फैलिएको छ । विश्वमा कोरोनाका कारण ५ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५४ हजार भन्दा बढीमा यसको संक्रमण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);