कोरोना भाइरसबाट भयभीत र आतंकित नहुन स्वास्थ्यमन्त्री ढकालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कोरोना भाइरसबाट भयभीत र आतंकित नहुन स्वास्थ्यमन्त्री ढकालको आग्रह

corona-bhanubhakta dhakal

काठमाडौं, २ चैत । सरकारले नेपालमा कोरोना भाईरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत र आतंकित नहुन सबैलाई अपिल गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरानालाई लिएर भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गर्नुभएको हो ।

कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयास बारे जानकारी गराउदै उहाँले अहिले सम्म नेपालमा कोरोना भाईरसबाट एक जना पनि संक्रमित नभएको उल्लेख गर्नुभयो । मन्त्री ढकालले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री ढकालले अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाईएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताउनुभयो ।

बैठकमा सांसदहरुले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै सरकारको तयारीबारे जिज्ञासा राखेका थिए । मन्त्री ढकालले संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको जानकारी समेत दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);