सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः मन्त्री त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः मन्त्री त्रिपाठी

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउनभन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको दाबी गरे । लकडाउनले कोरोना नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे ।

छिमेकी मुलुकमा कोरोनाको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले जानकारी गराए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोरोनाका कारण आतंकित नहुन पनि उनले आग्रह गरे ।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);