फ्रान्समा १ खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फ्रान्समा १ खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

एजेन्सी, १९ भदौ । फ्रान्समा कोरोना महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा एक खर्ब १८ अर्ब डलर बराबरको आर्थिक प्याकेज घोषणा गरिएको छ । फ्रान्स सरकारले रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन एक खर्ब १८ अर्ब डलर बराबरको आर्थिक प्याकेज घोषणा गरेको हो ।

फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले अर्को वर्ष एक लाख ६० हजार नयाँ रोजगारी सिर्जना हुने विश्वाससंगै राहत प्याकेज ल्याइएको बताउनु भयो । प्याकेजमा भवनहरुको मर्मत सम्भारदेखि रेलसेवाको ऊर्जा उत्सर्जनमा कटौतीसम्मका योजना समेटिएका छन् ।

फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या फेरी बढीरहेकोबेला यो राहत प्याकेज ल्याइएको हो । पछिल्ला दिनमा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । जोन होपकिन्स युनिभर्सिटीका अनुसार फ्रान्समा कोरोना संक्रमितको संख्या करिब ३ लाख ४० हजार पुगेको छ । कोरोनाबाट फ्रान्समा हालसम्म ३० हजार ७ सय भन्दाबढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);