चीनले ल्याएको सुरक्षासम्बन्धी नयाँ कानूनप्रति संयुक्त राष्ट्रसंघकाे आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चीनले ल्याएको सुरक्षासम्बन्धी नयाँ कानूनप्रति संयुक्त राष्ट्रसंघकाे आलोचना

एजेन्सी,१९ भदाै । हङकङका लागि चीनले ल्याएको सुरक्षासम्बन्धी नयाँ कानूनले केही मुलभूत अधिकारहरुकै उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्रसंघले आलोचना गरेको छ ।

यो कानून हङकङका सरकार बिरोधी राजनीतिक कार्यकर्ताविरुद्ध प्रयोग हुन सक्ने भन्दै राष्ट्रसंघले चासो समेत व्यक्त गरेको छ । नयाँ कानूनले हङकङको न्याय क्षेत्रको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतामा खलल पु¥याउन सक्ने भन्दै राष्ट्रसंघका मानवअधिकारसम्बन्धी विज्ञहरुले चीनलाई संयुक्त पत्र पठाएका छन् ।

चीनले ल्याएको कानूनमा बेइजिङको नजरमा विध्वंशक, पृथकतावाद, आतंकवाद वा देशका विरुद्ध विदेशी शक्तिसँग सम्पर्कमा रहने जोकोहीलाई जन्मकैदसम्मको सजाय सुनाउन सकिनेछ । यता चीनले भने हङकङको समृद्धि र स्थिरताका लागि सो कानून ल्याइएको दाबी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);