'हङकङका तीस लाख बासिन्दालाई नागरिकताको प्रस्ताव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘हङकङका तीस लाख बासिन्दालाई नागरिकताको प्रस्ताव’

boris hongkong

एजेन्सी, १८ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र अन्तत नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताउनु भएको छ । चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि ब्रिटेनले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई त्यस्तो प्रस्ताव गरिने जनाएको हो ।

प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङकङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताउनु भयो । यो योजना अनुशार करिब ३ लाख ५० हजार बेलायती राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षको निम्ति बेलायत जान पाउने छन् ।

हङकङका बेलायती राहदानी भएकाहरूलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो । तर अहिले उनीहरूको त्यो अधिकारमा प्रतिबन्ध लगाइएको छ र प्रवेशाज्ञा नलिएरै छ महिनाको निम्ति बेलायत प्रवेश गर्न पाउने सुविधामा सीमित तुल्याइएको छ ।

सरकारको नयाँ योजना अनुसार उनीहरू र उनीहरूमा निर्भर रहेका परिवारका सदस्यलाई ५ वर्षको निम्ति बेलायतमा बस्न, काम गर्न र पढ्न दिइने छ । उनीहरूले त्यसको निम्ति अहिले आवेदन दिनु पर्नेछ र त्यसको एक वर्षपछि नागरिकताको निम्ति आवेदन दिन योग्य हुनेछन् ।

प्रधानमन्त्री जोनसनले चीनले ल्याएको राष्ट्रिय सरक्षा कानुनले वैधानिक सम्झौताको रूपमा स्थापित सन् १९८५ को संयुक्त घोषणाको ’स्पष्ट र गम्भिर उल्लंघन’ गरेको बताउनु भयो । जसमा बेलायतले हङ्ककङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेपछि ५० वर्षसम्मका निम्ति केही निश्चित अधिकार सुनिश्चित गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);