भारत र चीनका रक्षामन्त्री बीच सीमा विवाद बारे छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारत र चीनका रक्षामन्त्री बीच सीमा विवाद बारे छलफल

एजेन्सी, २० भदौ । भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच २ घण्टा २० मिनेट वार्ता भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । चिनियाँ रक्षामन्त्री विई फिङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको यो वार्तापछि सीमा क्षेत्रको तनाव कम हुने अपेक्षा गरिएको बताइएको छ ।

वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा आसपास भएको तनाव साम्य पार्ने विषयमा छलफल भएको जनाइएको छ । पछिल्लो पटक ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ ।

दुवैदेशका रक्षामन्त्री रसियामा हुने सांघाई सहयोग संगठनको बैठकमा सहभागिहुन मस्को पुगेको बेला उक्त भेटघाट भएको हो । यो संगठनमा चीन, भारत,पाकिस्तान, रसिया काजकस्तान,किर्गिस्तान,ताजिकीस्तान, उज्वेकिस्तान सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);