अमेरिकी कंग्रेसको तल्लो सदनद्वारा १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकी कंग्रेसको तल्लो सदनद्वारा १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित

एजेन्सी, २७ फागुन । अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित गरेको छ । बुधबार तल्लो सदन प्रतिनिधिसभाले कोरोना राहत प्याकेजलाई बहुमतले पारित गरेको हो ।

अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुनेछ । ह्वाइट हाउसका अनुसार यसमा शुक्रबार नै राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्ने कार्यतालिका रहेको छ ।

यो प्याकेजले देशको मेरुदण्ड–आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिसहरूलाई महामारीको प्रभावसँग जुध्न सघाउ पुग्ने बताएको राष्ट्रपति बाइडेनले बताएका छन् ।

हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ । यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरिसकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);