अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनद्वारा १९ खर्ब डलरको राहत प्याकेज घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनद्वारा १९ खर्ब डलरको राहत प्याकेज घोषणा

एजेन्सी, २ माघ । अमेरिकका राष्ट्रपति निर्वाचित जो बाइडेनले १९ खर्ब अमेरिकी डलरको महत्वाकांक्षी राहत प्याकेज घोषणा गर्नुभएको छ ।

आगामी बुधबार सपथ लिने तयराीमा रहनु भएका बाइडेनले कोरोनाका कारण खस्कीएको अर्थतन्त्र उकास्न उक्त राहत प्याकेज घोषणा गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गृहनगर विलमिङटनमा बाइडेनले अमेरिकीहरुले चाँडै पुनरागमन गर्ने विश्वास व्यक्त गर्दै १९ खर्ब अमेरिकी डलरको महत्वाकांक्षी राहत प्याकेज घोषणा गर्नुभयो ।

अमेरिकी समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्न र एक ठाउँमा ल्याउन सबै अमेरिकी एकसाथ उभिनुको विकल्प नभएको वाइडेनले बताउनुभयो । कोरोना महामारीबाट सिर्जित संकट र अर्थतन्त्रमा परेका समस्याबाट मुक्त हुन राहत प्याकेज आवश्यक रहेको बाइडेनको भनाइ छ ।

अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् । तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्याउने महत्वाकाँक्षी योजना पनि समावेश छ ।

साथै संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, खोप अभियान व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने योजना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);