कोरोना संक्रमण बढ्न थालेसँगै फ्रान्समा लागु गरिएको कर्फ्यूमा थप कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना संक्रमण बढ्न थालेसँगै फ्रान्समा लागु गरिएको कर्फ्यूमा थप कडाई

एजेन्सी, २ माघ । कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गरिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गर्दै थप कडाई गर्न लागिएको बताउनुभएको हो ।

अहिलेसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्दै आएको कर्फ्य अब साँझ ६ बजेदेखि नै कर्फ्यू लगाईने बताइएको छ । यो नयाँ नियम कम्तिमा १५ दिनसम्म लाग रहने छ । साथै प्रधानमन्त्रीले देशभर कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको बताउँदै विदेशबाट आउनेहरुका लागि पनि नयाँ नियमको घोषणा गर्नुभएको छ ।

नयाँ नियम अनुसार इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइने छ । भने फ्रान्स प्रवेश गरिसकेपछि सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);