कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै फ्रान्समा पुनः लकडाउन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै फ्रान्समा पुनः लकडाउन

एजेन्सी, १९ चैत ।  कोरोना भाइसरको संक्रमण तीब्र रुपमा फैलिन थालेसँगै फ्रान्समा पुनः लकडाउनको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गर्नुभएको हो ।

शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने राष्ट्रपतिको संबोधनमा उल्लेख गरिएको छ । साथै देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताइएको छ ।

बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेकोसमेत म्याक्रोंले संवोधनका क्रममा उल्लेख गर्नुभएको छ ।

राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खालका प्रतिबन्धहरू लगाउँदै आइएको छ ।

फ्रान्समा अहिलेसम्म कोरोनाको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको प्रभाव देखिएको छैन ।

पछिल्लो केहि दिनयता फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);