फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुने भएपछि राजधानी पेरिस छाड्नेहरुको लर्को | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुने भएपछि राजधानी पेरिस छाड्नेहरुको लर्को

एजेन्सी, १३ कार्तिक । फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुने भएपछि राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ ।

शनिबारबाट राष्ट्रव्यापी लकडाउन हुनेभएपछि पेरिस छाड्नेहरुको लर्काेले कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक जाम भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पेरिसका बासिन्दाहरु लकडाउन बिताउनका लागि सहर छाडेर ग्रामिण क्षेत्रमा जानथालेका कारण कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक जाम भएको हो । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि फ्रान्समा शुक्रबार मध्यरातदेखि लकडाउन लागू भएको छ ।

नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्यावश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहर पहिलेको तुलनामा बढी खतरा रहेको भन्दै देशव्यापि लकडाउनको घोषणा गर्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);