बन्दाबन्दी अन्त्य भएसँगै उपत्यकामा सवारी चाप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बन्दाबन्दी अन्त्य भएसँगै उपत्यकामा सवारी चाप बढ्यो

काठमाडौं, ७ साउन । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ ।

सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ । यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ ।

यद्यपि केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ । अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ । मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको हो ।

सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन् । मुख्य मुख्य चोकमा ट्राफिक जाम देखिएको छ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन् ।

सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने भदौ १ गते सम्म बन्द गरेको छ । जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखि कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);