लकडाउनको आज ५३ औं दिन, थप कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउनको आज ५३ औं दिन, थप कडाई

nagadhunga

काठमाडौं, २ जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५३ औं दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते देखि लक डाउन जारी गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पटक पटक थप गरेर लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याइएको छ । लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गत आइतबारदेखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको थियो । सरकारले उक्त निर्णय गरेसँगै काठमाण्डौ उपत्यकाका सडकमा सवारी साधनको चाप बढेको थियो । सवारी चाप बढेपछि उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । तर, लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढेपछि बिहिवारदेखि लकडाउनमा थप कडाइ गरिएको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

आज उपत्यकाका सडकमा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेका छन् । सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ । अत्यावश्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधन भने निर्वाध संचालनमा आएका छन् । पास नभएका सवारी साधनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);