कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेसँगै जापानमा संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेसँगै जापानमा संकटकाल घोषणा

एजेन्सी । जापानमा कोरोना संक्रमण पुनः तिव्र गतिमा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । जापानका प्रधानमन्त्री योशिहीदे सुगाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि फेरि संकटकालको घोषणा गर्नुभएको हो । उहाँले राजधानी टोकियोसहित अन्य केही पश्चिमी प्रान्तहरू ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गर्नुभएको हो ।

सङकटकाल आगामी मे ११ सम्म लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संकटकाल घोषणापछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण गर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

जापानमा सुरुका महिनाहरूमा महामारी फैलिएको थिएन । प्रभावकारी रूपमा महामारी नियन्त्रण भइरहेको थियो । तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);