इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन

एजेन्सी, १९ चैत ।  इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ ।

दुई पटक इजिप्टको प्रधानमन्त्री पद सम्हालेका हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

लामो समयदेखि बिरामी भएर उपचार गराइरहनु भएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको समाचार संस्थाहरुले जनाएका छन् ।

उहाँको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गर्नुका साथै आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा चित्रण गर्दै पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरणसमेत गर्नुभएको छ ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो ।

दोस्रो पटक भने सन् २०११ मा उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);