इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

एजेन्सी, १३ फागुन । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ । इजिप्टमा ३० बर्ष शासन गरेका मुबारकको राजधानी कायरो स्थित सैनिक अस्पतालमा मंगलबार निधन भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । लामो समयदेखि बिरामी रहेका मुबारकको उपचारको क्रममा निधन भएको हो ।

इजिप्टको चौथो राष्ट्रपतिका रुपमा सन् १९८१ देखि शासन गरेका मुवारक सन् २०११ को आन्दोलनबाट पदच्युत भएका थिए । आन्दोलनमा सयौंको ज्यान लिएको अभियोगमा दोषि ठहरिएपछि जेलमा रहेका मुबारक २ बर्ष अघि मुक्त भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);