इंग्ल्याण्डका पूर्व फुटबल खेलाडी चेरीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्ल्याण्डका पूर्व फुटबल खेलाडी चेरीको निधन

trevor cherry

एजेन्सी, १८ वैशाख । इंग्ल्याण्डका पूर्व फुटबल खेलाडी ट्रेभोर चेरीको निधन भएको छ । लिड्स युनाइटेडका पूर्व खेलाडी चेरीको ७२ बर्षको उमेरमा निधन भएको हो । इंग्ल्यान्ड फुटबल एसोसियसनले बिहिबार चेरीको निधन भएको पुस्टि गरेको छ । तर, उनको निधनको कारणबारे खुलाईएको छैन ।

सन् १९७२ मा लर्डल्सफिल्डबाट लिड्स युनाइटेडमा अनुबन्ध भएका चेरीले ४ सय ८६ खेलमा सहभागिता जनाएका थिए । उनले १९७४ मा लिड्स क्लवलाई लिग च्याम्पियनसिपको उपाधि दिलाएका थिए ।

इंग्ल्याण्डका लागि २७ खेल खेलेका चेरीले १९८० को युरोपियन च्याम्पियनसिपमा टिमको कप्तानी गरेका थिए । उनी ब्राडफोर्डको खेलाडी र म्यानेजरपनि भएका थिए । जसमा उनले ८२ खेलमा सहभागिता जनाएका थिए ।

सन् १९८२ देखि १९८५ सम्म उनी भ्याली परेडको प्रशिक्षक बनेका थिए । जसमा उनले १९८५ मा तेस्रो डिभिजनको उपाधि दिलाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);