चेल्सीका पूर्व गोलकिपर पिटर बोनेट्टीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चेल्सीका पूर्व गोलकिपर पिटर बोनेट्टीको निधन

peter bonetti

एजेन्सी, १ वैशाख । इंग्लिस फुटबल क्लव चेल्सीका पूर्व गोल रक्षक पिटर बोनेट्टीको निधन भएको छ । इंग्ल्यान्डका पूर्व गोलकिपर समेत रहेका पिटरको ७८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समय विरामी रहेका पिटरले सन् १९६० देखि ७० सम्म चेल्सीका लागि खेलेका थिए । सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दा टिमका खेलाडी रहेका उनले राष्ट्रको लागि ७ खेल खेलेका थिए ।

चेल्सीका लागि उनले ७ सय २९ खेल खेलेका थिए । पिटरले चेल्सीका लागि एफए कप, लिग कप र युएईएफ कप जितेका थिए ।चेल्सीले इंग्लिस फुटबलमा महत्वपूर्ण योगदान दिएका पिटरको निधन प्रति शोक प्रकट गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);