रोकिएको फुटबल हतारमा सुरु गर्न नहुने फिफाको प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

रोकिएको फुटबल हतारमा सुरु गर्न नहुने फिफाको प्रतिक्रिया

fifa logo

एजेन्सी, २९ चैत । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने प्रतिक्रिया दिएको छ । फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको कुनै पनि एक मानव जातिलाई खतरामा राख्नु भन्दा ठुलो नभएको ईन्फान्टिनोले बताएका छन् । खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुने ईन्फान्टिनोको भनाइ छ । फिफा अध्यक्ष ईन्फान्टिनोले सुरक्षानै पहिलो प्राथमिकतामा पर्ने उल्लेख गर्दै विश्वभर फुटबललाई कसरी सुरु गर्ने भन्ने विषयमा छलफल भईरहेको बताए । सतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल संचालन गर्न दबाब दिनु गैरजिम्मेवारी हुने फिफाले उल्लेख गरेको छ ।

विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ । विश्वभरको अधिकांश क्लबले खेलाडीको तलब कटौती गर्दै वर्तमान वित्तिय संकटलाई टार्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);