बार्सिलोनाका ६ जना सदस्यद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बार्सिलोनाका ६ जना सदस्यद्वारा पदबाट राजीनामा

barcelona board resign

एजेन्सी, २८ चैत । स्पेनिस क्लब बार्सिलोनाका सञ्चालक समितिका ६ जना सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्लबका अध्यक्ष जोसेप मारिया बार्तामेउलाई उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिनेमा उपाध्यक्षद्वय एमिली राउसाउड र इनरिके तोम्वास समेत रहेका छन । यसअघि अध्यक्ष बार्तामेउले एमिली राउसाउड एनरिके तोम्बास सिल्भियो एलिभास र जोसेफ पोन्टलाई अफिस छाड्न भनेका थिए ।

यी चार जनासँगै मारिया तेइक्सीडर र जोर्डी क्लासमिगलियाले पनि राजीनामा बुझाएका हुन । ६ जनाले संयुक्त रुपमा राजीनामा पत्र बुझाएका हुन । ६ जनाले राजीनामा दिएपछि क्लब बोर्डको संख्या १९ बाट घटेर १३ मा पुगेको छ ।

महारमारीको रुपमा रहेको कोरोना भाइरस पछि भविष्यमा आउने महत्वपूर्ण चुनौती सामना गर्न क्लबको व्वयस्थापन ढाँचालाई परिवर्तन गर्न नसक्दा यो अवस्थामा पुगेको उनीहरुले जनाएका छन् । ६ जनाले क्लब छाडेपछि अब अध्यक्ष बार्तामेउ एक्लै भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले विश्वभर फैलिएको कोरोनाको कारण बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);