झाँक्रीले पनि राजीनामा दिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

झाँक्रीले पनि राजीनामा दिने

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् । आले र झाँक्रीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरूले संसदीय दलको बैठक माग गरेका छन् । उक्त पत्रबाट आलेसहित ६ जनाले नाम फिर्ता लिए पनि झाँक्रीले लिएकी छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);