गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित 

काठमाडौं । प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न माग गरेका थिए । यसपछि गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैडक स्थगित गरेका हुन् ।

कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);