पर्यटनमन्त्री आलेको राजीनामा पत्र अध्यक्ष नेपालको गोजीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्यटनमन्त्री आलेको राजीनामा पत्र अध्यक्ष नेपालको गोजीमा

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएपछि आलेको राजीनामा पत्र अहलिे माधव नेपालको गोजीमा रहेको छ ।

आलेले यस अघि शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);