अर्थ समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अर्थ समितिको बैठक स्थगित

artha samitee

काठमाडौं, १९ कात्तिक । सदस्यहरुको गणपुरक संख्या नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो ।

बैठकमा समितिका केही सदस्यमात्रै उपस्थित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);