कोरम नपुगेपछि अर्थ समितिको बैठक आज पनि स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरम नपुगेपछि अर्थ समितिको बैठक आज पनि स्थगित

krishna prasad dahal

काठमाडौं, २८ कात्तिक । कोरम नपुगेपछि संसदको अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल लगायत केही सदस्यहरुमात्रै उपस्थित रहेका थिए । लामो समय कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ । समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);