बंगलादेशका राष्ट्रपति हमिद पोखरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा

hamid pokhara maa

काठमाडौं, २८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउनुभएका बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पर्यटकिय नगरी पोखरा पुग्नुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा आज पोखरा पुग्नुभएका राष्ट्रपति हमिदलाई विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशका मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । पोखरा पुगेर केहीवेर आराम गरेपछि उहाँले फेवाताल पुगेर ढुंगा मार्फत जल विहार गर्नुभएको छ । पोखराको भ्रमणपछि राष्ट्रपति हमिद आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति हमिद चार दिने नेपाल भ्रमण शुक्रबार स्वदेश फर्किनु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);