बंगलादेशका राष्ट्रपति हमिद र अध्यक्ष दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बंगलादेशका राष्ट्रपति हमिद र अध्यक्ष दाहालबीच भेटवार्ता

hamid and prachanda

काठमाडौं, २७ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालको चारदिने भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालले बुधबार बिहान राष्ट्रपति हमिदसंग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा दुबै देशको आपसी हितका बिषयमा छलफल भएको थियो । दाहालले हमिदसंग भेट्नु अघि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि राष्ट्रपति हमिदसंग भेटवार्ता गर्नु भएको थियो ।

यसैगरी हमिदसंग आजै उपराष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आजै राष्ट्रपति हमिदसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राजनीतिक दलका नेताहरुसंगको भेटवार्ता पछि हमिद राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ ।

राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उहाँकै सम्मानमा राष्ट्रपति भण्डारीद्वारा आयोजित रात्रिभोजमा सरिक हुनुहुने छ । हमिद नेपालको चार दिने भ्रमणमा मंगलवार काठमाडौं आउनुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);