नेपालको समृद्धिमा सघाउन बंगलादेश तयार, राष्ट्रपति हमिद आज पोखरा जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेपालको समृद्धिमा सघाउन बंगलादेश तयार, राष्ट्रपति हमिद आज पोखरा जाँदै

काठमाडौं, २८ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल र बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताउनुभएको छ ।

राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले बुधबार साँझ दिनभएको रात्रिभोजमा मन्तव्य राख्दै हमिदले सडक सञ्जाल, हवाई सम्पर्क, जलविद्युत र पर्यटन प्रवद्र्धनका माध्यमबाट नेपाल र बंगलादेशले समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताउनुभएको हो । व्यापार र लगानीका द्धिपक्षीय सम्भावनालाई पहिल्याएर जान जरुरी रहेको उहाँको भनाई थियो । नेपालको सामाजिक आर्थिक समृद्धिको प्रयासमा सघाउ पु¥याउन र आवश्यक सहयोग प्रदान गर्न बंगलादेश सदैब तयार रहेको राष्ट्रपति हमिदले बताउनुभयो । रात्रिभोजमा स्वागत मन्तव्य राख्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बंगलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

बुधबार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त राष्ट्रपति हमिदले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुर देउावासहित शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति हमिद आज पोखरा भ्रमणमा जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति हमिदको स्वागतका लागि पोखरामा गण्डकी प्रदेशको सरकारले भब्य तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रिपूर्ण निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिद शुक्रबार साँझ स्वदेश फर्किर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);