बंगलादेशका राष्ट्रपति हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बंगलादेशका राष्ट्रपति हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै

bangaladesh President-Abdul-Hamid

काठमाडौं, २७ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आउनुभएका राष्ट्रपति हमिदले आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि राष्ट्रपति हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक हुन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जाने कार्यक्रम रहेको छ ।

यसैबीच राष्ट्रपति हमिद बिहीबार हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम छ भने शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति हमिद शुक्रबार ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);