बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फिर्ता

काठमाडौं, २९ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्कनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभएको हो । उहाँलाई विदाई गर्न गृहमन्त्री राम बहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए । राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

मंगलबार नेपाल भ्रमणका लागि काठमाडाैं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुभएको थियो ।

त्यसैगरी उहाँले विहबिार पर्यटकियनगरी पोखराको अवलोकन भ्रमण गर्नुभएको थियो भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुको थियो । शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);