पूर्वमन्त्री आलम पुर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्वमन्त्री आलम पुर्पक्षका लागि जेल चलान

alam

रौतहट, २९ कात्तिक । जिल्ला अदालत रौतहटले राजपुर बम विस्फोटका आरोपी काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

बम विस्फोटका आरोपी आमलमविरुद्धको थुनछेक बहस सकिएसँगै आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको अदालतका श्रेस्तादार गुणराज पराजुलीले जानकारी दिनुभयो ।

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले असोज २६ गते प्रहरीले पक्राउ परेको थियो । अदालतमा थुनछेक बहसका क्रममा वादीतर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग उनीमाथि छ ।

तर, उनले बयानमा सबै आरोप अस्वीकार गर्दै आएका छन् । यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन् । बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोध्नुभएको थियो । दुवैले न्यायाधीशसमक्ष आ–आफ्नै कुरा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);