आलममाथिकाे थुनछेक बहस शुक्रबार पनि जारी रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आलममाथिकाे थुनछेक बहस शुक्रबार पनि जारी रहने

alam

रौतहट, २१ कात्तिक । रौतहटको राजपुर फरदहवा बमकाण्डमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमको थुनछेक बहस शुक्रबार पनि जारी रहने भएको छ ।

बिहीबार दिउँसोदेखि शुरु भएको बहस अदालती समय सकिएकाले शुक्रबार पनि जारी रहने जिल्ला अदालत रौतहटले जनाएको छ । बिहीबार बहस नसकिएको कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ ।

आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि बयानका लागि अदालत उपस्थित गराइएको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम बिस्फोटको घटनामा आलम विरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटन भण्डारणको मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो ।

त्यसपछि उनी माथि अभियोग अनुसारको सजायको मागसहित अभियोगपत्र अदालतमा दर्ता भएको हो । आलममाथि राजपुर बमबिस्फोटमा घाईते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामै जिउँदै इटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप छ । प्रहरीले आलमलाई गत असोज २६ रौतहटको गौरबाट पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);