धादिङको धुनिबेशी-१ मा सप्ताह ज्ञान महायज्ञ शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धादिङको धुनिबेशी-१ मा सप्ताह ज्ञान महायज्ञ शुभारम्भ

धादिङ, २१ कात्तिक । धादिङ जिल्लाको धुनिबेशी-१ मैदानमास्थित बच्छलादेवी ज्वालामुखी मन्दिर परिसरमा सप्ताह ज्ञान महायज्ञ शुभारम्भ भएको छ ।

श्रीमदभागवत ज्ञान महायज्ञमा विदुषी पण्डीत शुधादेवी शास्त्रीबाट प्रवचन हुनेछ । महायज्ञमा कथा प्रवचन, दैनिक पूजा अर्चना, भजनकिर्तन एवम विभिन्न झाँकीहरुको समेत प्रदर्शनी गरिनेछ ।

स्थानीय भक्तजनहरुको सक्रियतामा सञ्चालन भएको ज्ञानमहायज्ञको शुभारम्भ कलश यात्रा र विशेष कार्यक्रम गरि, महायज्ञका बाचक, उपबाचक लगायत उपस्थित सम्पूर्ण ब्राम्हणहरुद्धारा स्वस्ती बाचन गरेर शुरु गरिएको थियो ।

प्रचार प्रसारको अभावमा ओझेलमा परेको बच्छलादेबी ज्वालामुखी मन्दिरलाई प्रचार प्रसार गर्न र हिन्दु धर्मको समेत जगेर्ना गर्नका लागि यो महायज्ञको आयोजना गरिएको आयोजकले बताएका छन् ।

महायज्ञका माध्यमबाट धुनिवेशी क्षेत्रको संस्कृति र पहिचानका बारेमा समेत प्रचार प्रसार गरेर, धुनिबेसीलाई उत्कृष्ट पर्यटकीय नगरीको रुपमा विकाश गर्ने लक्ष्य रहेको, कार्यक्रम सञ्चालक एवम महायज्ञ आयोजक कमिटिका सचिव गोकुल प्रसाद पौडेलले जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);