हेलम्बु-२ चुरेटारमा महायज्ञ सम्पन्न, ३७ लाख संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

हेलम्बु-२ चुरेटारमा महायज्ञ सम्पन्न, ३७ लाख संकलन

काठमाडौं, २३ फागुन । हेलम्बु २ चुरेटारमा एतिहासिक श्रीमद्भागवत ज्ञानमहायज्ञ सम्पन्न भयको छ । मणिकण्ठेश्वोरी देबि मन्दिरको पुनर्निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । उक्त मन्दिर पुनर्निर्माण तथा हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रबर्द्धनार्थ संचालित महायज्ञमा राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा ख्यातिप्राप्त पण्डीत दीनबन्धु पोखरेल र स्थानीय पण्डित नमराज भट्टराईको उपवाचनमा गत फागुन १४–२१ गते सञ्चालन भएको हो ।

फागुन १४ गते पालिका प्रमुख निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा १०८ कलश यात्रासहित सुरु भएको सप्ताह ब्यापी महायज्ञमा ८२१ जना दाता र यज्ञमा चढाइएको भेटी रु ६३ हजार ५० सहित जम्मा ३७ लाख ४६ हजार ८ सय १९ रुपैयाँ नगद जम्मा भएको आयोजकले जनाएको छ ।

हेलम्बु जस्तो धर्मिक तथा पर्यटकीय महत्त्व बोकेको ठाउँमा आएर कथा वाचन गर्दा आफुलाई ज्यादै सन्तुष्ट मिलेको पण्डित पोखरेलले बताउनुु भयो । हेलम्बुमा अहिले सम्मनकै सबैभन्दा ठूलो धार्मिक अनुष्ठान भयको आयोजकको दाबी छ । पण्डित दीनबन्धु पोखरेल लाई धार्मिक तथा पर्यटकीय रुपमा प्रसिद्धि हेलम्बुको धार्मिक तथा पर्यटन सद्भाव दुत बन्न पालिकाले गरेको अनुरोधलाई सहर्ष स्विकार्दै देश तथा बिश्वको जुनसुकै बिदेशमा पुग्दापनि हेलम्बुको धार्मिक तथा पर्यटनको बिषयमा र हेलम्बुमा बन्दै गरेको धर्मचक्र ९नचभबत तचबष्०ि को प्रचार प्रसार गर्ने बताउनु भयो ।

यज्ञमा विभिन्न ठाउँबाट हजारौं को संख्यामा भक्तहनहरुको उपस्थितिमा भब्य रुपमा महायज्ञ सम्पन्न भयको प्रचार प्रसार संयोजक शरण जोतीले जानकारी दिनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);