हेलम्बुमा पर्यटक आकर्षण बढ्दै, पाँच हजार माथिका अग्ला हिमाल खुल्ला गर्ने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

हेलम्बुमा पर्यटक आकर्षण बढ्दै, पाँच हजार माथिका अग्ला हिमाल खुल्ला गर्ने तयारीमा

सिन्धुपाल्चोक,१५ पुस । आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तब्यको बिकास गरिएको छ । यहि मंसिर १८ गते नेरिका एडभेन्चरर्स का आरोही सतिस मान पति को नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न गरेको हो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको बिकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बिचमा रहेको नयाँ गंगा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ ।

हेलम्बु क्षेत्रमा ५ हजार भन्दा माथिका ९ वटा पिकहरु रहेको र उक्त ठाउँमा जाने दोहोरो रुट निर्माण गर्ने काम भैरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने रुटको बिकास भैरहेको उहाँको भनाई छ । यसले हेलम्बु लगायत सिन्धुपाल्चोकको पर्यटन बिकासमा ठुलो योगदान पु¥याउने गाउँपालिकाको बिश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्रहरु छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्यहरु रहेको छ । हेलम्बुको प्रमुख आकर्षण जय बायेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधिन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङ लगायत बन्जिजम्पिङका लागि पुल निर्माणको कार्य भैरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);