'माउन्ट केटू'को सफल आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

‘माउन्ट केटू’को सफल आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए (फोटो फिचर)

काठमाडौं, १३ माघ । हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटू को सफल आरोहण गरेर कीर्तिमान राखेका नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । कीर्तिमानी आरोही निर्मल पूर्जासहित १० नेपाली आरोहीहरु मंगलबार काठमाडौँ आइपुगेको हो ।

उनिहरुले पाकिस्तानामा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटू को माघ ३ गते सफल आरोहण गरेका थिए । केटू मा अहिलेसम्म कुनैपनि आरोहीले हिउँद याममा सफल आरोहण गर्न सकेका थिएनन् ।

माघ ३ गते शनिबार बेलुका केटू को चुचुरोमा पुग्ने क्रममा पूर्जासहित १० नेपाली आरोहीले कम्तिमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा एक सय किलोमिटर गतिमा चलेको वायुलाई छिचोलेका हुन् । उनीहरुले के टू को चुचुरोमा नेपाली झण्डा फहराएका थिए । उनीहरुलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पूर्जासहित मिङ्गमा डेविड शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्गमा जी, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले हिउँदमा के टू को सफल आरोहण गरेका हुन् ।

यसअघि पूर्जाले गएको वर्ष सगरमाथासहितका ८ हजार मिटर माथिका विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);