विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋण दिने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौ. १५ पुष । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार अर्थमन्त्रालयमा सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एसियाली विकास बैंकले १५ करोड ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ ।

एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १९ करोड ५० लाख अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने छ ।

आयोजनाले विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनिय र गुणस्तरीय बनाउने काम गर्ने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले उल्लेख गर्नुभयो । आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);