लागूऔषध सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लागूऔषध सहित ४ जना पक्राउ

pakrau

उत्तम रिजाल, झापा, १६ पुष । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राती १० बजे भद्रपुर नगरपालिका–५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापले जनाएको छ ।

त्यस्तै बुधवार अपरान्ह पौने ५ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागूऔषध सहित पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले एभील १ एम्पुल, लुपिजेसिक १ एम्पुल, डाईजोल्याव १ एम्पुल र नाईट्राभेट १०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);