भारतीय लागूऔषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

भारतीय लागूऔषध सहित एक जना पक्राउ

मलंगवा, १७ माघ । सशस्त्र प्रहरीले लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित भारतीय औषधी सहित एक युवकलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ लागूऔषध ल्याउदै गरेको अवस्थामा मलंगवा नगरपालिका–११, गम्हरियाका ३८ बर्षीय सरोज यादवलाई सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोजबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

मोटरसाईकलमा आउँदै गरेका यादवको साथबाट डाईजेपाम १८४ एम्पुल, नुर्फिन ३ सय एम्पुल, डाईजिल्याब ८४ एम्पुल र फेनार्गन २९२ एम्पुल बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद् लागूऔषध र ओसारपसारमा संलग्न मोटरसाईकल सहित पक्राउ परेका यादवलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान र छानविन भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि