लागूऔषध सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लागूऔषध सहित २ जना पक्राउ

pakrau

झापा, २१ चैत । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी उपमहानगरपालिका–२ का २५ बर्षीय अमृत मग्राती रहेका छन् ।

धिमाललाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ झिम्की चौकबाट फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो ।

त्यस्तै मग्रातीलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ दरैयाबाट एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);