लागुऔषध सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागुऔषध सहित ३ जना पक्राउ

pakrau

उदयपुर, १२ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राई छन् ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल , डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);