जनता क्याम्पसका विद्यार्थीले थुने क्याम्पस प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जनता क्याम्पसका विद्यार्थीले थुने क्याम्पस प्रमुख

सुनसरी, १२ चैत । पूर्बको शैक्षिक गन्तब्यको रुपमा परिचित जनता बहुमुखी क्याम्पस इटहरीकी प्रमुख गीता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई समाजवादी विद्यार्थी युनियनले क्याम्पसमै थुनेको छ ।

केही दिन देखी बिद्यनलयमा मासिक शुल्क बढेको विषयमा वार्ता गर्ने क्रम्ममा बिद्याथीले क्याम्पस प्रमुख सहीत अन्य केन्दीय नेतालाई समेत थुनिएका हुन ।केही दिन देखि आन्दोलनमा रहेको इकाई समितिले आफूहरू सँग समन्वय नगरी केन्द्रीय नेताहरू वार्तामा गएको भन्दै कार्यकर्ताले विरोध प्रर्दशन गरि बिद्यालयका ताला लगाएका हुन ।

सभाहलमा क्याम्पस प्रशासन बीच छलफल भईरहेका बेला जनता समाजबादी पार्टीमा आबद्ध अशोक राई, उपेन्द्र यादव समर्थक विद्यार्थीले सोही पार्टीका डाक्टर बाबुराम भट्टराई समर्थक समाजबादी विद्यार्थी युनियनका उपमहासचिव दिनेश दंगाल, विद्यार्थी नेताहरु भोगेन्द्र यादव, महानन्द यादब, कमल पोखरेल, सुनसरी जिल्ला अध्यक्ष मिथिलेश यादव लगायत क्याम्पस प्रमुख गिता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई ताला लगाएको समाजबादी विद्यार्थी युनियनका विद्यार्थी नेता चन्द्र किराँतीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);